तीन ठेकेदारसँग स्पष्टिकरण माग: कालो सूचीमा राख्ने तयारी

तीन ठेकेदारसँग स्पष्टिकरण माग: कालो सूचीमा राख्ने तयारी

न्युज कारखाना  |  समाचार  |  आश्विन १४, २०७८

काठमाडौं ।  सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन निर्माण कम्पनीलाई लिखित स्पष्टिकरण सोधेको छ । सम्झौता अवधिभित्र निर्माणको काम सम्पन्न नगर्ने काठमाडौंका दुई र सिन्धुपाल्चोकको एउटा निर्माण कम्पनीलाई ‘कालो सूचीमा किन नराख्ने’ भन्दै स्पष्टीकरण सोधिएको हो । ती निर्माण कम्पनीले ३० दिनभित्र लिखित जवाफ पेस गर्नुपर्नेछ । 

कार्यालयले सिन्धुपाल्चोकको सगरमाथा योनटेन कन्स्ट्रक्सन एण्ड सप्लायर्स,  काठमाडौंको एसएसएम कन्स्ट्रक्सन र काठमाडौंकै पटलास इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सनलाई स्पष्टिकरण सोधिएको  छ ।