ओली पुगे महाधिवेशन स्थल

ओली पुगे महाधिवेशन स्थल

न्युज कारखाना  |  समाचार  |  आश्विन १५, २०७८

नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओली विधान महाधिवेशनस्थल गोदावरीको सनराइज हल पुगेका छन् । सातदोबाटोबाट कार्यकर्ताको स्कर्टिङसहित ओली आफ्नो पुरानो शैलीमा हात हल्लाउँदै अधिवेशनस्थल पुगेका हुन् । 

निर्धारित समयभन्दा केही ढिला पुगेका ओलीसँगै केन्द्रीय पदाधिकारीहरू महाधिवेशन हल प्रवेश गरेका छन् । ओली पुग्नुअघि सम्मेलनमा सहभागी हुन आएका प्रतिनिधिहरू ‘नेकपा एमाले प्रथम विधान’ लेखिएको ठूलो पोस्टर र केपी ओलीको पूर्णकदको फोटोसहितको ठूलो पोस्टरमुनि बसेर सेल्फी खिचिरहेका छन् ।