प्रभु साहले गरे एमाले विधान महाधिवेशन बहिस्कार

प्रभु साहले गरे एमाले विधान महाधिवेशन बहिस्कार

न्युज कारखाना  |  समाचार  |  आश्विन १५, २०७८

नेकपा एमाले नेता प्रभु साहले पार्टीको प्रथम विधान महाधिवेशन बहिस्कार गरेका छन् । गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्रमा जारी  प्रथम विधान महाधिवेशन साहले बहिस्कार गरेका हुन् । 

माओवादी परित्याग गरेर एमालेमा रहेका साहले आफूहरूको माग सम्बोधन नगरेको भन्दै बहिस्कार गरेको जानकारी दिए । ‘हामीहरूको एजेण्डाका विषयमा हिजो पनि वार्ता भयो । तर, सहमति भएन’, उनले भने, 'महाधिवेशनमा गएको छुइनँ ।’ 

पूर्वमाओवादीका अन्य नेतारूले पनि बहिस्कार गर्ने तयारीमा रहेको भए पनि गलत सन्देश जाने भनेर उनीमात्र नगएका हुन् । ‘माओवादीबाट आएका साथीहरू नजाने तयारीमा थियौँ’, साहले भने, ‘तर, गलत सन्देश जाने भएपछि अरू साथीहरू जानुभयो ।’