साहस ऊर्जाको आईपीओ बाँडफाँट आइतबार

साहस ऊर्जाको आईपीओ बाँडफाँट आइतबार

न्युज कारखाना  |  कारोबार  |  आश्विन १५, २०७८

साहस ऊर्जाले साधारण शेयर (आईपीओ) बाँडफाँट आगामी आइतबार हुने भएको छ । कम्पनीले ६ देखि १० असोजसम्म सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओको प्रि-अलोटमेन्ट आज गरेको हो । कम्पनीले १७ असोजमा बिक्री प्रबन्धकको कार्यालय लाजिम्पाटमा बिहान ९ बजे आईपीओ बाँडफाँट गर्ने मिति तय भएको छ । 

कम्पनीको आईपीओमा अन्तिम दिन १० असोजसम्ममा २४ लाख ६२ हजारभन्दा बढी आवेदकले ३ करोड ४३ लाख कित्ताका  लागि आवेदन दिएका थिए । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाद्वारा बाँडफाँट गरिने कम्पनीको आईपीओको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ । 

कम्पनीले ६ देखि १० असोजसम्म प्रतिकित्ता १०० अंकित मूल्य दरका ७० लाख कित्ता आईपीओ बिक्री खुला गरेको थियो, जसमध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरूका लागि, ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।