सीवाईसी नेपाल लघुवित्तले आईपीओ निष्कासन गर्न बोर्डसँग माग्याे अनुमति

सीवाईसी नेपाल लघुवित्तले आईपीओ निष्कासन गर्न बोर्डसँग माग्याे अनुमति

न्युज कारखाना  |  कारोबार  |  आश्विन १५, २०७८

आईपीओ निष्कासन गर्नका लागि सीवाईसी नेपाल लघुवित्तले धितोपत्र बोर्डसँग अनुमति मागेको छ । लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कासन गर्नका लागि बोर्डसँग अनुमति मागेको हो । 

संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । अब कम्पनीले नियामक निकाय धितोपत्र बोर्डबाट अनुमति दिएपछि मात्र कम्पनीले आईपीओ निष्कासन प्रक्रिया अघि बढाउनेछ । 

बागलुङ बजारमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले शालिग्राम लघुवित्तलाई एक्विजिसन गरेको छ । एक्विजिसनपश्चात् वित्तीय संस्थाको अधिकृत पुँजी २० करोड रुपैयाँ र जारी पुँजी १२ करोड १६ लाख ४१ हजार ८३७ रुपैयाँ पुगेको छ ।