विश्वमा आजः वेलायतको पहिलो आणविक परीक्षणदेखि पूर्व फुटवलरलाई सफाईसम्म

विश्वमा आजः वेलायतको पहिलो आणविक परीक्षणदेखि पूर्व फुटवलरलाई सफाईसम्म

न्युज कारखाना  |  विदेश  |  आश्विन १७, २०७८

आज ३ अक्टोवर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटना भएका थिए । पश्चिम एशियाली देश आइरिसले आज नै स्वतन्त्रता पाएको थियो भने वेलायतले पनि ३ अक्टोवरमा नै पहिलो पटक आणविक परीक्षण गरेको थियो । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

पूर्व फुटबलरलाई सफाई

पत्नी र उनकी साथीको हत्या आरोप लागेका अमेरिकाका पूर्व फुटबलर ओजे सिम्पसनले सन् १९९५ मा त्यहाँको एक अदालतबाट सफाइ पाएका थिए । उनीमाथिको मुद्दा र अदालती सुनवाईको समाचार संसारभरका सञ्चार माध्यममा छाएको थियो । अदालतले विवादास्पद फैसला गरेको भन्दै धेरैले असन्तुष्टि जनाएका थिए । 

वेलायतको पहिलो आणविक परीक्षण

सन् १९५२ मा वेलायतले पहिलो पटक आणविक परीक्षण गरेको थियो । अपरेसन हुरिकेन नाम दिइएको परीक्षण पश्चिमी अस्टेलियान जिकैको मोन्टेबलो टापुबाट गरिएको थियो । अमेरिका र सोभियत युनियनपछि वेलायत आणविक हतियार सम्पन्न तेस्रो शक्तिशाली देश हो । 

आयरल्यान्डले पायो स्वतन्त्रता

सन् १९३२ मा आयरल्यान्डले संयुक्त अधिराज्य वेलायतबाट स्वतन्त्र भएको थियो । आयरल्यान्ड दोस्रो विश्वयुद्धपछि सन् १९२० मा वेलायतको अधिनमा थियो ।

दी राभनका लेखकको दुःखदायी अन्त्य

अमेरिकी प्रसिद्ध कवि इडगर एलन पो अन्तिम पटक सन् १८४९ को ३ अक्टोवरमा लामो समयको अन्तरालपछि सार्वजनिक रुपमा देखिएका थिए । सन् १८०९ मा को १९ जनवरीमा  मेरिकाको म्यासाच्युसेट्समा जन्मिएका एलन गम्भिर मानसिक बिरामी भई सडकमा नै केही समय हराएका थिए । ३ अक्टोवर भेटिएका उनको वासिंगटन कलेज अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना भएको चारदिनपछि उपचारका क्रममा उनको मृत्यु भएको थियो । उनको कविता राभेन विश्वभर चर्चित छ ।