आरएसडीसी लघुवित्तको १०.५२ प्रतिशत बोनस शेयर घोषणा

आरएसडीसी लघुवित्तको १०.५२ प्रतिशत बोनस शेयर घोषणा

न्युज कारखाना  |  कारोबार  |  आश्विन १७, २०७८

आरएसडीसी लघुवित्त वित्तीय संस्थाले १०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । लघुवित्तको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष  २०७६/०७७ को नाफाबाट १० प्रतिशत बोनस शेयर र कर तिर्न ०.५२ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् । लघुवित्तले ७ करोड ३१ लाख ९५ हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, ३८ लाख  ५२ हजार ४२० रुपैयाँ नगद बाँड्नेछ ।

अघिल्लो वर्ष यसले ९ प्रतिशत बोनस शेयर र ३.६३ प्रतिशत गरी कुल १२.६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।