भागबन्डामा न्यायालय : प्रधानन्यायाधीशलाई सर्वोच्च बारका पदाधिकारीले भेटे

भागबन्डामा न्यायालय : प्रधानन्यायाधीशलाई सर्वोच्च बारका पदाधिकारीले भेटे

न्युज कारखाना  |  समाचार  |  आश्विन १८, २०७८

सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग भेट गरेका छन् । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा पदाधिकारीले सोमबार बिहान प्रधानन्यायाधीश जबरालाई उनकै कार्यकक्षमा भेट गरेका हुन् ।

भेटमा मन्त्रिपरिषद्‌मा प्रधानन्यायाधीशले भागबन्डा मागेको, संवैधानिक परिषद्सम्बन्धी मुद्दामा प्रधानन्यायाधीश रहने/नरहने विवाद संवैधानिक इजलासबाट टुंगो लगाउने सहमति कार्यान्वयन नभएको लगायत समसामयिक विषयमा छलफल हुने एक पदाधिकारीले बताए । भेटवार्ता अहिले पनि चलिरहेको छ ।

प्रधानन्यायाधीशले सरकारमा आफ्नोतर्फबाट मन्त्री मागेको समाचार बाहिरिएपछि उनी विवादमा तानिएका छन् ।