ईपीएल: चितवनले भैरहवालाई दियो १६५ रनको लक्ष्य

ईपीएल: चितवनले भैरहवालाई दियो १६५ रनको लक्ष्य

न्युज कारखाना  |  खेलकुद  |  आश्विन १८, २०७८

एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेटमा प्रतियोगिताअन्तर्गत पहिलो खेलमा चितवनले भैरहवालाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६४ रन बनाएको हो । 

चितवनका लागि करिम जन्नतले सर्वाधिक ३५ रन बनाए । यस्तै, मोहम्मद सहजादले ३२ र सिकुगे प्रसन्नाले २४ रन बनाए । 

भैरहवाका अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । यस्तै, कुशल मल्ल २ तथा कृष्ण कार्की, दुर्गेश गुप्ता र धम्मिका प्रसादले समान १-१ एक  विकेट लिए ।

चितवन क्वालिफायर भइसकेको छ । चितवन चार खेलमा ८ अंक जोडेर शीर्ष स्थानमा छ ।