अहिलेको सबै खेल सत्ताकै लागि : अध्यक्ष ठाकुर

अहिलेको सबै खेल सत्ताकै लागि : अध्यक्ष ठाकुर

न्युज कारखाना  |  समाचार  |  आश्विन १८, २०७८

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सबै खेल सत्ताकै लागि भइरहेको बताएका छन् ।

सोमबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा ठाकुरले आफूहरू सरकारमा जानुभन्दा पनि मधेस मुद्दा सम्बोधन होस् भन्न चाहेको बताए । 

लोसपाका पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले मधेसलाई विभाजन गर्ने, कमजोर बनाउने र खण्डित गर्ने काम जसपाले गरिरहेको आरोप लगाए । आगामी निर्वाचनमा जसपासँग गठबन्धन नहुने उनको भनाइ छ । 

´हामीले एकता गरेर बलियो पार्न खोज्यौँ । उपेन्द्रजीले निर्वाचन आयोगमा गएर फुटाएको आरोप लगाए । आगामी चुनावमा जसपासँग कुनै पनि हालतमा गठबन्धन गर्दैनौँ', उनले भने । 

यसअघि २०७४ सालमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा)बीच गठबन्धन भएको थियो ।

वरिष्ठ नेता महतोले जसपाबाहेकको अन्य लोकतान्त्रिक पार्टीसँग तालमेल हुन सक्ने बताए ।