नेपालगंज उड्न लागेको श्री एयरलाइन्सको जहाज चिप्लियो

नेपालगंज उड्न लागेको श्री एयरलाइन्सको जहाज चिप्लियो

न्युज कारखाना  |  समाचार  |  आश्विन १९, २०७८

श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा चिप्लिएको छ । जहाज ट्याक्सी वेबाट चिप्लिएर घाँसतिर गएको छ । करिब ८० जना यात्रु लिएर नेपालगंज जान लागेको जहाज उड्नुअघि नै ट्याक्सी वे छाडेर बाहिर गएको विमानस्थल प्रहरीले जनाएको छ । 

विमानस्थल सुरक्षा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जहाज उड्नुअघि नै पाङ्ग्रा ट्याक्सी वे छाडेर घाँसतिर गएको बताए । यात्रुलाई अर्को जहाजमा पठाउने तयारी भइरहेको पनि उनले जानकारी दिए ।

जहाज धावनमार्गमा नभएकाले उडान भने प्रभावित नभएको बुझिएको छ । जहाजमा कुनै क्षति नभएको र के कारणले घटना भयो भन्नेबारेमा अहिले नै भन्न नसकिने श्री एयरलाइन्सले जनाएको छ ।