फ्रान्समा ३ हजार पादरीले गरे २ लाख बालबालिकालाई यौन दुर्व्यवहार

फ्रान्समा ३ हजार पादरीले गरे २ लाख बालबालिकालाई यौन दुर्व्यवहार

एजेन्सी  |  विदेश  |  आश्विन २०, २०७८

फ्रान्समा पादरीहरूले २ लाखभन्दा बढी बालबालिकालाई यौन दुर्व्यवहार गरेको खुलासा भएको छ । सन् १९५० पछि हजारौँ पादरीले २ लाख १३ हजारभन्दा बढी बालबालिकालाई यौन दुर्व्यवहार गरेको एउटा स्वतन्त्रत छानबिन आयोगले देखाएको छ । यौन दुर्व्यवहारका घटना दबाउन चर्च र पादरीले अनेकौँ प्रयास गरेको पनि पनि छानबिनका क्रममा खुलासा भएको छ ।

बाल यौन दुराचारका घटनामा रोमन क्याथोलिक चर्चहरूमा तानिएका विवरण सार्वजनिक भएपछि यसबारे गहिरो अनुसन्धान गरिएको थियो । करिब ३ हजार पादरीले नियोजित ढंगले बालबालिकामाथि दुर्व्यवहार गरेको छानबिन आयोगका प्रमुख जिन मार्क साउभले जानाकारी दिए ।

पीडितमध्ये करिब ८० प्रतिशत पुरुष छन् । चर्चले वर्षौंदेखि बालबालिकामाथि निर्दयी व्यवहार प्रदर्शन गरेको साउभले बताए । 

दुर्व्यवहारबाट जोगाउन चर्चले रोकथामका आवश्यक कदम नचालेको र कहिलेकाहीँ अभिभावक स्वयंमले दुर्व्यवहारप्रति चासो नदिएको उनले बताए ।