कर्णाली प्रदेशका २७ सांसदले लिए दशैँ भत्ता

कर्णाली प्रदेशका २७ सांसदले लिए दशैँ भत्ता

न्युज कारखाना  |  समाचार  |  आश्विन २०, २०७८

कर्णाली प्रदेशसभाका २७ जना सांसदहरूले दशैँ भत्ता लिएका छन् । कर्णाली प्रदेशसभाका सदस्यदेखि पदाधिकारीले दशैँ भत्ता लिएका हुन् । 

कर्णाली प्रदेशसभाका २७ जना सांसद र उनीहरूका स्वकीय सचिव, सभामुख उनका सहयोगीहरूलाई एक महिना बराबरको दशैँ भत्ता दिएको प्रदेशसभा सचिवालले जनाएको छ । 

कर्णाली प्रदेशसभामा ३५ जना सांसद छन् । तीमध्ये ८ जना मन्त्री भएकाले उनीहरूलाई दशैँ भत्ता नदिएको प्रदेशसभा सचिवालयका लेखा अधिकृत यामबहादुर बीसीले बताए । 

प्रदेशसभा सभामुखले ५३ हजार, विपक्षी दलका नेता र उपसभामुखले ५० हजार, सत्ता पक्षका प्रमुख सचेतक, विपक्षी दलका प्रमुख सचेतक, विभिन्न समितिका अध्यक्षलगायतले ४८ हजार रुपैयाँ तलब खाँदै आएका छन् । प्रदेशसभा सांसदहरूको ४५ हजार रुपैयाँ तलब छ ।