आज मन्त्रिपरिषद् विस्तार, नेकपा (एस)मा मन्त्रालयको भागबन्डा अझै टुंगिएन

आज मन्त्रिपरिषद् विस्तार, नेकपा (एस)मा मन्त्रालयको भागबन्डा अझै टुंगिएन

न्युज कारखाना  |  समाचार  |  आश्विन २२, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । सत्तारुढ गठबन्धन दलमा मन्त्रालयको भागबन्डा टुंगो लागेपछि झन्डै ३ महिनापछि मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको हो ।

मन्त्रिपरिषद् विस्तारकै विषयमा छलफल गर्न प्रधानमन्त्री देउवा शीतल निवास पुगेका छन् । प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनबाट प्राप्त मन्त्री बन्नेको सूची राष्ट्रपतिलाई बुझाएपछि राष्ट्रपतिले मन्त्रीहरूलाई नियुक्त गरी आजै शपथ गराउने तयारी छ ।

यसैबीच नेकपा (एकीकृत समाजवादी)बाट मन्त्री बन्नेहरूको टुंगो लागे पनि मन्त्रालय कसले के पाउने भन्ने अझैं टुंगो लागिसकेको छैन । एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले मन्त्री बन्नेको नाम तय भए पनि मन्त्रालयलेको भागबन्डा अझै टुंगो नलागिसकेको बताए ।

‘बाहिर आएजस्तो मन्त्रालयको भागबन्डा टुंगो लागिसकेको छैन’, उनले भने, ‘अहिले हाई कमान्डमा छलफल चलिरहेको छ । शपथ खानेबेलासम्म मन्त्रालयको भागबन्डा टुंगो लागिसक्छ । नेकपा (एस)बाट विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेमबहादुर आले, किसान श्रेष्ठ र भवानी खापुङ मन्त्री बन्दै छन् ।