निर्देशक सुदर्शन थापाले सुप्रियासँग कसे लगनगाँठो

निर्देशक सुदर्शन थापाले सुप्रियासँग कसे लगनगाँठो

न्युज कारखाना  |  लोकरञ्जन  |  आश्विन २२, २०७८

निर्देशक तथा अभिनेता सुदर्शन थापा र मोडल तथा संचारकर्मी सुप्रिया कटुवाल विवाह बन्धनमा बाँधिएका छन् । गत २१ भदाैमा इन्गेजमेन्ट गरेका सुदर्शन र सुप्रिया केही समयदेखि प्रेममा थिए । शुक्रबार उपत्यकाको एक ब्याङ्क्वेटमा सुदर्शन र सुप्रियाले विवाह गरेका हुन् । पारिवारिक सदस्य र केही फिल्मकर्मीको उपस्थितिमा सुदर्शनले सुप्रियासँग लगनगाँठो कसेका हुन् । 

सुदर्शनको विवाहमा पारिवारिक सदस्यबाहेक फिल्मकर्मी निकै कम उपस्थित छन् । निर्देशक दिनेश राउत, अभिनेत्री वर्षा शिवाकोटी, संगीतकार अर्जुन पाेखरेल, मोडल राज कटवाललगायत सुदर्शनका नजिकका फिल्मकर्मीको मात्र उपस्थिति । यद्यपि, फिल्मकर्मी आउने क्रम रहेको विवाहमा सहभागी एक कलाकारले बताए । 

सुदर्शनले विवाहकाे प्रीतिभोजको आयोजना भने शनिबार गरेका छन् । उनले फिल्मकर्मी तथा परिवारका लागि शनिबार साँझ काठमाडाैंस्थित एक बुटिक होटलमा प्रीतिभोजको आयोजना गरेका छन् ।

सुदर्शन निर्देशकसँगै कलाकार, निर्माता हुन् भने सुप्रिया मोडल हुन् । हाल एपीवान टेलिभिजनमा कार्यरत सुप्रियाले ‘साढे सात’ नामक फिल्मसँगै दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेकी छन् । फिल्मी यात्रामा सुदर्शनको नाम केही नायिकासँग नजोडिएको भने होइन, यद्यपि, उनले आफ्नो सुप्रियासँगको छोटो प्रेमलाई विवाहमा परिणत गरेका हुन् ।