जेम्स बोन्डको सम्पत्ति सन्तानलाई नदिने

जेम्स बोन्डको सम्पत्ति सन्तानलाई नदिने

एजेन्सी  |  लोकरञ्जन  |  कार्तिक १, २०७८

जेम्स बोन्डको उपनाम पाएका ब्रिटिस अभिनेता ड्यानियल क्रेगले आफ्नो सम्पत्तिकाे विषयमा गरेकाे घाेषणाले सबैकाे ध्यान तानेकाे छ । जेम्स बोन्ड फिल्मको पछिल्ला ५ शृंखलामा शीर्ष भूमिकामा देखिएका उनले मरोणोप्रान्त आफ्नो सम्पत्ति सन्तानलाई नदिई दान गर्ने घाेषणा गरेका छन् ।

उनले आफ्नो मृत्युपछि उक्त सम्पत्ति सामाजिक कार्यमा प्रयोग होस् भन्ने हेतुले दान गर्ने घोषणा गरेका छन् । ‘म आगामी पुस्तालाई सम्पत्ति छाड्न चाहन्नँ । मलाई लाग्छ, उतराधिकारीलाई छाड्नु दुखद् कुरा हो’, उनले एक अन्तर्वार्तामा भनेका छन् ।

५३ वर्षीय यी अभिनेताकी पहिली पत्नी फियोना लउडनबाट एक २९ वर्षीया छोरी छन् भने दोस्री पत्नी तथा अभिनेत्री रेचल वाइजबाट पनि एक छोरी गरी २ सन्तान छन् । क्रेगसँग कुल १४५ मिलियन अमेरिकी डलर बराबरको सम्पत्ति रहेको बताइएको छ ।