आईसीसी टी- ट्वान्टी: आज अफगानिस्तान र स्कटल्यान्ड भिड्दै

आईसीसी टी- ट्वान्टी: आज अफगानिस्तान र स्कटल्यान्ड भिड्दै

एजेन्सी  |  खेलकुद  |  कार्तिक ८, २०७८

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा सोमबार एक मात्र खेल आयोजना हुँदै  छ । विश्वकपको सुपर- १२ अन्तर्गत समूह- २ को खेल शारजाहमा नेपाली समयअनुसार राति ७:४५ बजे सुरु हुनेछ ।

सुपर- १२ मा अफगानिस्तान स्कटल्यान्डलाई हराउँदै सुखद सुरुवात गर्न चाहन्छ । स्कटल्यान्ड पनि अफगानिस्तानलाई हराएर सुपर- १२ मा विजयी सुरुवात गर्ने योजनामा हुनेछ ।

स्कटल्यान्डले पहिलो पटक विश्वकपको सुपर- १२ खेल्न लागेको हो । पहिलो चरणमा अपराजित रहँदै स्कटल्यान्डले सुपर- १२ मा स्थान बनाएको हो । २ टिमबीचको पछिल्लो हेड टु हेडमा अफगानिस्तान बलियो देखिएको छ । पछिल्ला ५ भेटमा अफगानिस्तानले पाँचै खेल जितेको छ ।

हिजो (आइतबार) भएको बहुप्रतीक्षित खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराउँदै ऐतिहासिक जीत निकालेकाे थियाे ।