अफगानिस्तानमा भोकमरीको जोखिमः राष्ट्रसंघ

अफगानिस्तानमा भोकमरीको जोखिमः राष्ट्रसंघ

एजेन्सी  |  विदेश  |  कार्तिक ८, २०७८

संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा भोकमरी हुने चेतावनी दिएको छ । तत्काल उपयुक्त कदम नचाले लाखौँ अफगानीले भोकमरीको सामना गर्नुपर्ने राष्ट्रसंघले चेतावनी दिएको हो । अफगानिस्तानमा करिब २ करोड २८ लाख जनसंख्यामा पर्याप्त खाद्यान्नको अभाव छ । त्यस्तै, ३२ लाख बालबालिका कुपोषणको सिकार बनेका छन् । 

‘अफगानिस्तानमा अहिले मानव संकट गहिरिएको छ । त्यहाँ जुनसुकै बेला भोकमरीको जोखिम छ’ , विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बिसलेले भने । १५ अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा आर्थिक संकट चुलिएको छ । अफगानिस्तानलाई तत्काल सहयोग नगरे त्यहाँ मानवीय संकट गहिरिने अन्तर्राष्ट्रिय समुदायले चेतावनी दिँदै आएका छन् ।