'वारपार' बैठकमा १४ न्यायाधीश

'वारपार' बैठकमा १४ न्यायाधीश

न्युज कारखाना  |  समाचार  |  कार्तिक ९, २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग असन्तुष्ट सर्वाेच्च अदालतका १४ जना न्यायाधीशहरूको बैठक बस्दै छ । 

एक पटक प्रधानन्यायाधीशको कुरा सुनेर थप निर्णय लिने निष्कर्ष निकालेका १४ न्यायाधीशले मंगलबार बिहान साढे ११ बजे प्रधानन्यायाधीश राणालाई भेट्न लागेका हुन् । 

प्रधानन्यायाधीशको एकपल्ट धारणा सुनिसकेपछि मात्र के गर्ने भन्ने निर्णय गर्ने न्यायाधीशहरूको तयारी छ ।

न्यायाधीशहरूले प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने वा सार्वजसनिक रूपमा विगतका कमिकमजोरीहरू सच्याउने र भविष्यमा कार्यपालिकासँग सोझो सम्बन्ध छैन भनेर विश्वस्त आधार तयार पार्नुपर्ने बताउँदै आएका न्यायाधीशहरू यतिबेला एकाएक राणाले मार्गप्रशस्त गर्नुपर्ने निष्कर्षमा पुगेका छन् । प्रधानन्यायधाीशसँग सामूहिक भेट भनिए पनि असन्तुष्ट न्यायायधीशका तर्फबाट एक जनाले मात्र धारणा राख्ने बताइएको छ ।