'रेस'मा सलमानसँगै सैफ अली खानलाई अफर

'रेस'मा सलमानसँगै सैफ अली खानलाई अफर

एजेन्सी  |  लोकरञ्जन  |  कार्तिक ९, २०७८

बलिउडको हिट थ्रिलर फिल्म ‘रेस’को चौथो सिरिज बन्ने भएको छ । रमेश तौरानीको निर्माणमा तयार भइरहेको रेस सिरिजको पहिलो र दोस्रो भागलाई अब्बास मस्तानले निर्देशन गरेका थिए, जसलाई दर्शकहरूले पनि रुचाएका थिए ।

यसको तेस्रो सिरिजलाई भने रेमो डिसुजाले निर्देशन गरेका थिए, जसमा सलमान खानको इन्ट्री भएको थियो । यसलाई पहिलो र दोस्रो भागको तुलनामा दर्शकले रुचाएनन् ।

यति बेला टिप्स कम्पनीका मालिक रमेश चौथो सिरिजको तयारीमा छन् । फिल्मलाई अघिल्लो तीनै सिरिजको लेखन गरेका शिराज अहमदले लेखिरहेका छन् ।

यस पटक फिल्मलाई रमेश आफैँले निर्देशन गर्ने तयारीसमेत थालेका छन् । फिल्ममा तेस्रो भागमार्फत सदस्य बनेका सलमान खान, पहिलो र दोस्रो भागका सदस्य सैफ अली खान र सुनिल शेट्टीलाई अभिनय गराउने तयारी निर्माण पक्षको छ । यद्यपि, यस विषयमा आधिकारिक जानकारी निर्माण पक्षले दिएकाे छैन । 

रेसको तेस्रो शृंखलाबाट बाहिरिँदा सैफ निर्माण पक्षसँग रिसाएका छन् किनकि अघिल्ला २ शृंखलाले एक पछि एक गर्दै दर्शकको मन जितिरहेका थिए । फिल्ममा देखिने सस्पेन्स र थ्रिललाई दर्शकले रुचाउने गरेका छन् । दर्शकले बलिउडको हिट फ्रेन्चाइजहरूको चौथो सिरिजको प्रतीक्षा गरिरहेको सोसल मिडियामा उल्लेख गर्ने गरेका छन् । प्रतीक्षित फिल्महरूमा क्रिस ४, धूम ४ पनि पर्छन् ।