ब्राजिलका राष्ट्रपतिविरुद्ध मुद्दा लगाउन संसदीय समितिको सुझाव

ब्राजिलका राष्ट्रपतिविरुद्ध मुद्दा लगाउन संसदीय समितिको सुझाव

एजेन्सी  |  विदेश  |  कार्तिक १०, २०७८

ब्राजिलको संसदीय समितिले राष्ट्रपति जैर बोल्सोनारोलाई आपराधिक मुद्दा लगाउन सुझाव दिएको छ । कोभिड महामारी नियन्त्रणमा प्रभावकारी कदम नचालेको विषयमा सिनेटले तयार गरेको एक प्रतिवेदनका आधारमा संसदीय समितिले राष्ट्रपतिविरुद्ध मुद्दा लगाउन सुझाव दिएको हो । 

ब्राजिलमा कोभिडका कारण ६ लाख जनाको मृत्यु भइसकेको छ । समितिले आफ्नो प्रतिवेदन महान्यायाधिवक्तालाई बुझाउनेछ । प्रतिवेदनमा राष्ट्रपतिले महामारीको समयमा १३ वटा गम्भीर अपराध गरेको आरोप लगाएको छ ।

६ महिना लामो अध्ययनपछि तयार पारिएको एक हजार २०० पेज लामो प्रतिवेदनमा बोल्सोनारोमाथि विभिन्न १३वटा आरोप लगाइएको छ । राष्ट्रपतिले आफूमाथि लागेका सबै  आरोप अस्वीकार गर्दै आएका छन् ।