अल्मुताइरीले गरे ३ वर्षका लागि सम्झौता

अल्मुताइरीले गरे ३ वर्षका लागि सम्झौता

न्युज कारखाना  |  खेलकुद  |  कार्तिक १०, २०७८

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एन्फासँग ३ वर्षको सम्झौता गरेका छन् ।

बुधबार प्रशिक्षक अलमुताइरीले सामाजिक संजालमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा), एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल संघलाई  मेन्सन गर्दै सम्झौता नवीकरण गरेको बताएका छन् ।

‘डियर फ्यान, नयाँ सम्झौता गर्ने निर्णय गरेको छु । एन्फा र कतार फुटबल संघलाई धन्यवाद दिन चाहन्छु’, उनले लेखेका छन् । 

अलमुताइरीले २ वर्षको योजना र लक्ष्य सार्वजनिक गर्ने बताएका छन् । ‘हामी चाँडै आगामी २ वर्षको लक्ष्य र योजना सार्वजनिक गर्नेछौँ’, साफ च्याम्पियनसिप इतिहासमा पहिलो पटक नेपाललाई फाइनल पुर्‍याएका अब्दुल्लाहले भनेका छन् । 

नेपाल फाइनलमा भारतसँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो । फाइनलअघि नै राजीनामा दिएका अब्दुल्लाह नेपाल नफर्की कतारमै रहेका छन् । यद्यपि, एन्फाले यस विषयमा कुनै पनि आधिकारिक धारणा राखेको छैन ।