रणवीर र आलियाको बिहे डिसेम्बरमा !

रणवीर र आलियाको बिहे डिसेम्बरमा !

एजेन्सी  |  लोकरञ्जन  |  कार्तिक ११, २०७८

४ वर्षदेखि प्रेमसम्बन्धमा रहेका बलिउड स्टार रणवीर कपुर र आलिया भट्टले डिसेम्बरमा विवाह गर्न लागेको चर्चा चलेको छ ।

विवाहको तयारीका लागि उनीहरूले बाँकी रहेका केही काम सिध्याउँदै गएको र केही भने सन् २०२२ मा सारेको बताइएको छ । उनीहरूसँगै अभिनीत फिल्म ‘ब्रह्मशास्त्र’ प्रदर्शनको क्रममा छ । 

उनीहरूले २ वर्षअघि नै विवाह गर्ने योजना बनाएका थिए । कोरोना महामारीका कारण उनीहरूको विवाह पछि धकेलिएको हो । रणवीरका बाबु दिवंगत अभिनेता ऋषि कपुर पनि छोराको विवाह हेर्न चाहन्थे । तर, परिस्थित सहज नभएकाले उनीहरूको विवाह हुन सकेन । अब भने उनीहरूले विवाह गर्ने तयारी गरिसकेको आमसंचार माध्यमहरूको दाबी छ । तर, यसबारेमा आलिया र रणवीरले भने आधिकारिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन् । 

कैटरिना कैफसँग ब्रेकअप भएपछि विक्षिप्त भएका रणवीर आलियासँग प्रेममा परे । आलिया भने रणवीरकी आमा नितु कपुरसँग पनि निकै निकट छिन् । उनी रणवीरको घर आउजाउ गरिरहन्छिन् । नीता पनि रणवीरको आलियासँग विवाह होस् भन्ने चाहन्छिन् । गत वर्षको एउटा अन्तर्वार्तामा रणवीरले कोरोना महामारी नभइदिएको भए आफू र आलियाको विवाह भइसकेको हुने थियो भनेका थिए  । 

रणवीरका हजुरबुबा रणधीर कपुरले भने रणवीर र आलियाको विवाहका बारेमा आफूलाई केही पनि थाहा नभएको दाबी गरेका छन् । उनले हालै दिएको एउटा अन्तर्वार्तामा रणवीरले एक न एक दिनचाहिँ विवाह गर्ने तर कहिले गर्छन्, त्यो आफूलाई थाहा नभएको बताएका छन् । 

रणवीरले आफ्नो नयाँ फिल्म ‘एनिमल’को यही वर्षको अन्त्यबाट सुटिङ सुरु गर्ने तयारीमा थिए । तर, उनले एकाएक त्यो फिल्म केही महिनापछि सारेका छन् । आलियाले पनि आफ्ना बाँकी काम नोभेम्बर महिनासँग सक्ने र अर्काे सालमा मात्र नयाँ फिल्म सुटिङ गर्ने बताएकी छन् । उनले हालै ‘डार्लिङ’ नामक फिल्मको सुटिङ सकेकी छन् । उनले विवाहका कारण डिसेम्बर महिनाका कामहरू सबै पछि सारेकी छन् ।