भारतको त्रिपुरामा मुस्लिममाथि शृंखलाबद्ध हमला

भारतको त्रिपुरामा मुस्लिममाथि शृंखलाबद्ध हमला

एजेन्सी  |  विदेश  |  कार्तिक ११, २०७८

मस्जिद र मुसलमानहरूको बस्तीमा आक्रमण भएपछि भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा तनाव बढेको छ । आक्रमणपछि त्रिपुराको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रभावित क्षेत्रमा भेला हुन रोक लगाइएको छ । हिन्दुको एउटा समूह र प्रहीबीचको झडपपछि हिंसा भड्किएको थियो ।

बंगलादेशमा हालै हिन्दुमाथि भएका आक्रमणको विरोधमा हिन्दुहरूले प्रदर्शन गरेका थिए । बंगलादेशमा मुसलमान समुदायमा आबद्ध एउटा समूहले गरेको हमलामा हिन्दुहरूका दर्जनौँ घरमा आगो लगाउनुका साथै मन्दिर तोडफोड गरिएको थियो । 

दुर्गा पूजा चलिरहेका बेला एउटा फेसबुक पोस्टमा मुस्लिम धर्मलाई निन्दा गर्ने एउटा सुनियोजित पोस्टपछि हिन्दु समुदाय आक्रमणमा परेका थिए ।  त्रिपुरामा पछिल्लो ४ दिनमा धर्मसँग सम्बन्धित विषयमा १० भन्दा बढी स्थानमा धार्मिक हिंसा भएको छ ।