रजनीकान्त अस्पताल भर्ना

रजनीकान्त अस्पताल भर्ना

एजेन्सी  |  लोकरञ्जन  |  कार्तिक १२, २०७८

भारतीय सुपरस्टार रजनीकान्त बिहीबार राति अस्पताल भर्ना भएका छन् । ७० वर्षीया रजनीकान्तकी पत्नी लताले एक नोट जारी गर्दै उनी नियमित परीक्षणका लागि चेन्नईको काभेरी अस्पतालमा भर्ना भएको र एक-दुई दिनमा ‘डिस्चार्ज’ हुने विश्वास व्यक्त गरेकी छन् । 

रजनीकान्तका फ्यानहरूले उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सामाजिक संजालमा पोस्ट गरेका छन् । कतिपयले रजनीकान्तलाई फिल्म अभिनय छाडेर आराम गर्ने सल्लाह दिएका छन् । 

रजनीकान्त स्वास्थ्य परीक्षणका लागि हरेक वर्ष अमेरिका जाने गरेका छन् । यस वर्ष उनी १८ जुनमा अमेरिका गएर ३ साता बसेका थिए । अघिल्लो वर्ष भने कोरोना महामारीका कारण उनी अमेरिका जान पाएनन् । उनले सन् २०१६ मा अमेरिकामा मिर्गौला प्रत्यारोपण गराएका थिए ।