बहसमा फर्कन अधिवक्तालाई बारको आग्रह, प्रधानन्यायाधीशकाे इजलास भने बहिष्कार गर्ने

बहसमा फर्कन अधिवक्तालाई बारको आग्रह, प्रधानन्यायाधीशकाे इजलास भने बहिष्कार गर्ने

न्युज कारखाना  |  समाचार  |  कार्तिक १२, २०७८

वकिलहरूको साझा छाता संगठन नेपाल बार एसोसिएसनले आफ्ना सदस्यहरूलाई बहसमा फर्कन आग्रह गरेको छ । 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागेर बहस बहिष्कार गर्ने निर्णय गरेकाे बारको शुक्रबार बसेको बैठकले आइतबारदेखि वकिलहरूलाई बहसमा फर्कन आग्रह गरेको हो । 

तर, प्रधानन्यायाधीश जबराको इजलास भने बहिष्कार गर्ने निर्णय गरिएको बारका केन्द्रीय सदस्य बालकृष्ण गैरले जानकारी दिए । 

उनका अनुुसार भद्र अवज्ञा गर्दै बहसमा सहभागी हुने बारले निर्णय गरेको छ । अधिवक्ताहरूलाई कालो पट्टी बाँधेर बहसमा सहभागी हुन बारले आग्रह गरेको छ । 

कार्यपालिकासँग मिलेर भागबण्डा मागेको प्रधानन्यायाधीश जबरामाथि आरोप लगाउँदै सर्वाेच्च अदालतकै १९ जना न्यायाधीशले नै इजलास अघाेषित बहिष्कार गर्दै आएका छन् । उनीहरूको आन्दोलनप्रति बारले पनि ऐक्यबद्धता जनाउँदै सर्वाेच्चमा बहस बहिस्कार गरेको थियो । 

तर, शुक्रबार बसेको बारको बैठकले भद्र अवज्ञाको नीति लिँदै कालो पट्टी बाँधेर आइतबारबाट बहसमा सहभागी हुने, तर प्रधानन्यायाधीश जबराको इजलास भने बहिष्कार गर्ने निर्णय गरेको हो ।