प्रधानन्यायाधीशको पक्षमा केही कानुन व्यवसायीले गरे सेतो पट्टी बाँधेर प्रदर्शन

प्रधानन्यायाधीशको पक्षमा केही कानुन व्यवसायीले गरे सेतो पट्टी बाँधेर प्रदर्शन

न्युज कारखाना  |  समाचार  |  कार्तिक १४, २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको पक्षमा समेत केही कानुन व्यवसायीले सेतो पट्टी बाँधेर प्रदर्शन गरेका छन् । उनीहरूले प्रधानन्यायाधीशको राजीनामा मागेर प्रदर्शन गर्ने नेपाल बार एसोसिएसनको आन्दोलनलाई काउन्टर दिन सेतो पट्टी बाँधेर पक्षमा प्रदर्शन गरेका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलास बहिष्कार गर्न छाडेर इजलास सुनुवाइ गर्नुपर्ने माग राख्दै कानुन र विधिसम्मत् अदालतको विकृति हटाउनुपर्ने, माइट इज राइट होइन, रुल अफ लअनुसार चल्नुपर्ने, अदालत पनि सुध्रिनुपर्ने, न्यायाधीशहरू पनि इजलासमा फर्किनुपर्ने मागसहित कालो र सेतो दुइटै पट्टी बाँधेर प्रदर्शन गरेको कानुन व्यवसायी भूमिनन्द चुँडालले जानकारी दिए ।

प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा सर्वोच्च अदालत परिसरमा आइतबार बिहानदेखि कानुन व्यवसायीहरूले कालो पट्टी बाँधेर प्रदर्शन गरेका छन् ।