कोरोना कहरको भविष्यवाणी: २२-२३ अर्ब भ्याक्सिनको व्यापार गर्न सङ्क्रमण कायम राख्ने चालबाजी
कार्तिक १४, २०७८

केही दिनदेखि मलाई डाक्टर हरिप्रसाद पोखरेलको सम्झना आइरहेको छ । अहिले उहाँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ ? भन्नेबारे मलाई केही पनि विदित छैन । मलाई विश्वास छ महत्त्वाकांक्षी मानिस भएकाले निश्चय पनि उहाँ सफल, सम्मानित एवं सांसारिक प्रगतिकै गोरेटोको आरोहणमा हुनुहुन्छ होला ।

उहाँको यसरी सम्झना आउनुमा एक जना फेसबुक मित्र  विश्वप्रकाश सुवेदी निमित्त नायक बन्ने नियमित आकस्मिकता जुर्न पुग्यो । एउटा फेसबुक पोस्टमा उहाँले कमेन्ट गर्नुभयो- ‘मलाई कोरोनाको रोग लाग्दै नलाग्ने उपाय र लागिहालेपछि के गर्ने भनी जान्न मन थियो । मेरो आग्रह छ तपाईंको उपचार पद्धतिलाई राम्रो लिखित दस्तावेजमा ढालेर विज्ञान बनाएर धेरैको कल्याण गरिदिनुस् । रोग लाग्नूपूर्वका रोकथाम र लागेपछिका उपचारबारे कोरोना साहित्यमा स्पष्ट भएमा राम्रो हुन्थ्यो । रोगका विविध चरणमा गरिने विविध उपायबारे तपाईंको दस्तावेज बोल्दा बढ्ता उपयोगी हुने थियो । मानिसको लिंग, उमेर, स्वास्थ्य अवस्था, खानपान पद्धति, स्थान विशेष, विभिन्न मौसम र ऋतुका आयाममा गरिने विविध रोकथाम र उपचारसमेत थप्दा हुने दर्जनौँ अवस्था या आयामका लागि के गर्ने ? ... जस्ता जटिलतालाई सम्बोधन गरेर लिटरेचर आएमा राम्रो हुन्थ्यो ।’

‘थप, कोरोनाको खेती गर्ने पश्चिमा उपचार पद्धति या ‘मूलधार’ उपचार पद्धति, विश्व स्वास्थ्य संगठनलगायतका मठाधीशहरूको कोपलाई समेत ख्याल गरेर अगाडि बढ्नुहोला । साथै, सानो एक गैरनाफामूलक संस्था बनाएर औपचारिक चिकित्सा थालिदिनुहोस्, जसले कोरोना उपचारका आयाम भएका धेरै मित्रजीहरू र कैयौँ यस्ता संस्था जन्मिने प्रेरणा देओस् ।’

मलाई उहाँको प्रतिक्रिया हेर्दा डाक्टर पोखरेलको सम्झना आयो ।

डाक्टर हरिप्रसादजी युवावस्थामा संन्यासी भएर हिँड्नुभएको थियो ।  उहाँले सुनाएअनुसार भारतको कुनै आश्रममा हुनुहुन्थ्यो । एक दिन कसैले ‘सित्तैको रोटी खान्छस्, तँलाई लाज लाग्दैन’ भनी खिल्ली गर्‍यो । युवा हरिलाई कुराले घोच्यो । रोटी आफैँ उपार्जन गरेर खाने निधो गरे । रोटी कमाउने विकल्प बन्यो प्राकृतिक उपचार पद्धति (नेचुरोप्याथी) । पछि त्यसमै दक्ष हुँदै संन्यासको मार्गमा हिँडेको हरिजी डाक्टर हुन पुग्नुभयो ।

कुनै ज्योतिषी दाबी होइन यो । दाबीको आधार वैज्ञानिक र बजारशास्त्रको अवलोकन हो । भाइरसविरुद्धमा अनेक भ्याक्सिन बनेका छन् । कतिपय भ्याक्सिनको बाजारीकरण नै हुन पाएको  छैन । विभिन्न भ्याक्सिनअनुसार भ्याक्सिन निर्माण गर्न ४० दिनदेखि १२० दिनसम्मको समय लाग्छ । अर्बौं डलर भ्याक्सिन निर्माणको कच्चा पदार्थदेखि प्रोसेसिङमा विनियोजित भइसकेको छ । बहुराष्ट्रिय कम्पनीहरूले आफ्नो लगानी व्यर्थमा गर्दैनन् ।

मसँग भेट हुँदा उहाँले अर्ति दिँदै भन्नुभयो, ‘मेरो अहंकारले मलाई संन्यासपथबाट विमुख गरायो’ अनि मतिर हेर्दै उहाँले थप्नुभयो, ‘तपाईं यस्तो व्यर्थको अहंकार, मान, मर्यादा, नाम, यश, कीर्ति कुनै पनि किसिमको विज्ञता, जनकल्याण, परोपकार, समाजसेवाबाट  जोगिनु होला । यी सबै कुनै पनि नवविश्वामित्रका लागि मेनकाभन्दा पनि घातक हुन् ।’

जहाँसम्म रह्यो कोरोना भाइरस र यसको समाधान, यस विषयमाथि सयभन्दा बढी लेख प्रकाशित भइसकेका छन् । अनेक घरेलु उपायबाट कोरोना संक्रमणबाट जोगिने/निको हुनेबारे अनेक पटक विभिन्न अनलाइनमा लेखिसकेको छु । सबै प्रकाशित लेखका लिंक फेसबुक पेजमा संगृहीत छन् । लुकाउनुपर्ने कुनै कुरा छैन । एउटै विषयमा पटक पटक लेखेर मेलाई मनोरंजन अथवा मनोभंजन हुँदैन ।

रह्यो, औषधिको व्यावसायीकरण अथवा व्यापक प्रचारप्रसारको कुरा ! क्षमा चाहन्छु, मलाई यसप्रति कुनै रुचि छैन । चिनेका मित्र वर्गले औषधि माग्दा उपलब्ध गराउने गरेको छु ।

सुनिरहेको छु- कोरोनाको डेल्टा भेरिएन्ट पुनः म्युटेट भएर (एवाई.४.२)का रूपमा अवतरित भएको छ । चीनका केही शहरमा लकडाउनको अवस्था छ । यूकेबाट सुरु भएको यो भेरिएन्ट अहिलेसम्म यूके, यूएस, रूस, इजरायल र भारतसमेत ३३ वटा देशमा पुगिसकेको छ । अहिलेसम्मको जानकारीअनुसार यो नयाँ भेरिएन्ट पुरानो डेल्टा भेरिएन्टभन्दा १० देखि १५ प्रतिशत बढी घातक छ ।

३३ देशमा पुगिसकेको नयाँ भेरिएन्ट ढिलो-चाँडो नेपाल पनि प्रवेश गर्नेछ । नेपालमा अहिलेसम्म डेल्टा भेरिएन्टको यो नयाँ म्युटेट संस्करण आएको छ कि छैन, यसबारे अहिलेसम्म कुनै समाचार छैन । हुनत नेपालमा ‘जिनोम सिक्वेन्सिङ’ मेसिन आएको र यसले काम थालेको समाचार प्रकाशन भइसकेको छ ।  

लेख तयार गर्दाको तथ्यांकअनुसार अहिलेसम्म विश्वका २४ करोड ५२ लाख ५८ हजार ५६८ जना मानिस कोरोना संक्रमित भएका छन् । मृतक संख्या ४९ लाख ७८ हजार २५१ पुगेको छ । संक्रमितमध्ये २.०२ प्रतिशत मानिसको मृत्यु भएको छ । कोरोना सुरु भएदेखि अर्थात् भ्याक्सिन नहुँदादेखि विश्वका झण्डै ५० प्रतिशत जनसंख्यासम्म भ्याक्सिनको पहुँच हुँदा पनि कोरोना संक्रमणको मृत्यु दरमा उल्लेखनीय ह्रास आएको छैन ।

गत २४ घण्टाको तथ्यांक हेर्दा नयाँ संक्रमित संख्या ४ लाख २६ हजार १०१ थियो  ।  यसमा सर्वाधिक संख्या अमेरिकामा ६९ हजार ६३४, यूकेमा ४० हजार ९५४, रूसमा ३६ हजार ४४६, टर्कीमा २९ हजार ६४३, जर्मनीमा २० हजार ९५५ र भारतमा १३ हजार ५०८ थियो । यी सबै देशमा व्यापक भ्याक्सिनेसन भइसकेको छ ।

संसारभर गत २४ घण्टामा ४ लाख २६ हजार १०१ नयाँ संक्रमित देखापर्दा संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ५३५ रह्यो ।  सर्वाधिक मृत्यु अमेरिकामा एक हजार ४५१, रूसमा एक हजार १०६, भारतमा ५८४ रह्यो ।

नयाँ संक्रमितमध्येबाट संक्रमणको मृत्यु दर (४ लाख २६ हजार १०१ मध्ये ७ हजार ५३५) १.७६ हुन आउँछ । भ्याक्सिन नहुँदा पनि विश्वमा कोरोना संक्रमणको मृत्यु दर २ प्रतिशत थियो । आधा जनसंख्यालाई भ्याक्सिनको दायरामा ल्याउँदा पनि मृत्यु दर १.७६ हुनुले भ्याक्सिनको उपादेयतामाथि प्रश्न त खडा हुन्छ नै ।

यहाँनिर स्मरणीय कुरा के छ भने कोरोनाका केही पुराना भेरिएन्ट (अल्फा, बिटा, गामा, डेल्टा) नै सक्रिय रहेका बेला (विश्व स्वास्थ्य संगठनका अनुसार नयाँ भेरिएन्ट एवाई.४.२ को संक्रमण अतिन्यून जम्मा ०.०१ हुँदा) मृत्यु दर (पुराना भेरिएन्ट ओरालो लागेका बेला) अवस्था यस्तो छ भने नयाँ भेरिएन्टको व्यापक प्रसारले संक्रमणको मृत्यु दर (भ्याक्सिनको प्रभावकारिता !) के कस्तो हुन पुग्ने हो, त्यो समयकै गर्भमा लुकेको छ ।

अहिले विश्वमा कोरोना संक्रमण भएर क्रिटिकल स्वास्थ्य अवस्थामा रहेकाहरूको संख्या ७५ हजार ५९ रहेको छ । भन्न सकिन्छ, केही दिनभित्र नै संसारभर संक्रमण भएर मृत्यु हुनेको संख्या ५० लाख (अहिले ४९ लाख ७८ हजार २५१ छ) पुग्छ ।

विश्वप्रकाश सुवेदीले भनेजस्तै कोरोना संक्रमण रोकथाम र उपचारका लागि जनस्तरमा काम गर्नुपर्ने हो । तर, यो सजिलो छैन । आममानिसलाई आयुर्वेदप्रति विश्वास छैन । र, व्यक्तिगत रूपमा म कुनै डिग्रीधारी आयुर्वेदाचार्य होइन । समाजसेवा वा व्यापार, केही पनि गर्न इच्छुक छैन ।

मेरो औषधि मात्र मित्र वर्गका लागि हो । मित्र वर्गलाई यो औषधि कुनै आशा, प्रत्याशा नराखी उपलब्ध गराउँदै आएको छु । काठमाडौंबाहिरका मित्रलाई कुरियरकामार्फत पठाउँदा कुरियर खर्च पनि आफैँ व्योहोर्ने गरेको छु । लाभ भए उपरान्त कसैले पैसा पठाइदिए ठीक, नपठाए पनि ठीक । मैले गरेको काम जोगीगिरी हो ।

म जस्तो निठल्ला जोगीले संघसंस्था खडा गरेर, नियम, अनुशासन आदि पालना गरेर समाजसेवा अथवा अर्थोपार्जनका लागि सक्रिय हुने कुनै संभावना नै छैन । मेरा लागि परोपकार, समाजसेवा पनि कर्मको जंजाल बढाउनु हो ।

हरिप्रसाद पोखरेलज्यूको उदहारण मेरा सामु छर्लङ्ग नै छ ।  कुनै मित्रलाई विश्वप्रकाश सुवेदीले भनेजस्तै काम गर्ने रहर छ भने म यथोचित सहयोग गर्नेछु ।

कोरोना भाइरसको प्रकोप सन् २०२४-२०२५ सम्म भई नै रहने छ । पटक पटक साथीहरूले मेरो यस दाबीबारे प्रश्न गर्नुहुन्छ, ‘तपाईं कसरी दाबी गर्नुहुन्छ कि कोरोनाको प्रकोप २-३ वर्ष अझै लम्बिन्छ ?’

कुनै ज्योतिषी दाबी होइन यो । दाबीको आधार वैज्ञानिक र बजारशास्त्रको अवलोकन हो । भाइरसविरुद्धमा अनेक भ्याक्सिन बनेका छन् । कतिपय भ्याक्सिनको बाजारीकरण नै हुन पाएको  छैन । विभिन्न भ्याक्सिनअनुसार भ्याक्सिन निर्माण गर्न ४० दिनदेखि १२० दिनसम्मको समय लाग्छ । अर्बौं डलर भ्याक्सिन निर्माणको कच्चा पदार्थदेखि प्रोसेसिङमा विनियोजित भइसकेको छ । बहुराष्ट्रिय कम्पनीहरूले आफ्नो लगानी व्यर्थमा गर्दैनन् ।

७ अर्ब ९० करोड जनसंख्यालाई ३-४ पटक भ्याक्सिन नलगाएसम्म अर्थात् २२-२३ अर्ब भ्याक्सिनको व्यापार  नभएसम्म कोरोनाको कहर शान्त हुँदैन/हुन दिइँदैन ।


म साहित्य,कला,धर्म, दर्शन, अध्यात्म, विज्ञान लगायत कुनै पनि विधाको विज्ञ हाेइन ।