फेसबुकले फेरि बन्द गरिदियो तसलिमाको एकाउन्ट

फेसबुकले फेरि बन्द गरिदियो तसलिमाको एकाउन्ट

एजेन्सी  |  विदेश  |  कार्तिक १५, २०७८

बंगलादेशकी प्रसिद्ध लेखिका तसलिमा नसरिनले फेसबुकले फेरि आफ्नो एकाउन्ट बन्द गरेको बताएकी छन् । फेसबुकले फेरि ७ दिनका लागि आफ्नो एकाउन्ट बन्द गरेको नसरिमले बताएकी हुन् ।

‘सत्य बोलेकै कारण फेसबुकले फेरि मलाई ७ दिन प्रतिबन्ध लगाएको छ', उनले ट्विटरमा लेखेकी छन् । नसरिनलाई फेसबुकले यसअघि पनि प्रतिबन्ध लगाएको थियो । 

यसै वर्षको १६ मार्चमा फेसबुकले नसरिनको एकाउन्ट २४ घन्टाका लागि बन्द गरिदिएको थियो । 

उनले १७ मार्चमा बंगलादेश सरकारले आफ्ना  किताबमाथि प्रतिबन्ध लगाएको बताएकी थिइन् । ‘सरकारले मेरा पुस्तकमाथि प्रतिबन्ध लगायो । जिहादीले मेरा किताब जलाएर बिक्रेतालाई नबेच्न धम्की दिए । मेरा धारणा व्यक्त गर्ने एउटा मात्र मञ्च  ह्यासट्यागएफबी भएको छ', उनले त्यति बेला भनेकी थिइन् ।