'दक्षिणपन्थीका प्रतिनिधि प्रचण्डको भन्डाफोर गर्न चितवनमा महाधिवेशन'

'दक्षिणपन्थीका प्रतिनिधि प्रचण्डको भन्डाफोर गर्न चितवनमा महाधिवेशन'

न्युज कारखाना  |  समाचार  |  कार्तिक १५, २०७८

नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दक्षिणपन्थीका प्रतिनिधि भएको आरोप लगाएका छन् ।

परमादेशको भरमा सरकारको नेतृत्व गरेका शेरबहादुर देउवा मुख्य दक्षिणपन्थीका प्रतिनिधि भएको र उनलाई सहयोग गर्न अर्का दक्षिणपन्थी प्रतिनिधि प्रचण्ड र माधव नेपालले साथ दिएको उनले आरोप लगाए । 

एमालेले विधान अधिवेशनबाट नै माधव नेपालको भन्डाफोर गरिसकेकाले अबको १०औँ महाधिवेशनले प्रचण्डको भन्डाफोर गर्ने उनले बताए । दक्षिणपन्थीको भन्डाफोर गर्ने अभियान नारायणी नदी किनारबाट सुरु हुने बादलको भनाइ छ । 

एमालेको १०औँ महाधिवेशन चितवनमा ९-१२ मंसिरमा गर्ने तयारी छ ।