'प्रधानन्यायाधीश र न्यायाधीशको वार्तामा बारलाई बोलाऊ'

'प्रधानन्यायाधीश र न्यायाधीशको वार्तामा बारलाई बोलाऊ'

न्युज कारखाना  |  समाचार  |  कार्तिक १६, २०७८

वरिष्ठ अधिवक्ता तथा सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश र न्यायाधीशबीच भएको वार्तामा नेपाल बार एसोसिएसनलाई सहभागी गराउन माग गरेका छन् । 

प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बारले जारी राखेको आन्दोलनमा बोल्दै शाक्यले वार्ताको नाममा प्रधानन्यायाधीश राजीनामाबाट भाग्न खोजेको भन्दै बारको उपस्थितिमा मात्र वार्ता गर्न न्यायाधीशहरूलाई आग्रह गरेका छन् । 

१९ जना न्यायाधीशका तर्फबाट गठित वार्तासमितिले बारलाई सहभागी नगराई प्रधानन्यायाधीशसँग गर्ने छलफलमा बारको बिमति हुने बताए ।

नेपाल बार एसोसिएसनकी पूर्वउपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता सविता भण्डारीले प्रधानन्यायाधीशले भ्रष्टाचारका साथै न्यायिक विचलन गरेको भन्दै राजीनामा दिन आग्रह गरिन् । 

उनले न्यायिक नेतृत्वको राजीनामा नआएसम्म आन्दोलन नरोकिनेसमेत बताइन् । बार एसोसिएसनलाई बाहिर राखेर गरिने कुनै खाले सहमति पनि कानुन व्यवसायीहरूलाई सह्य नहुने भण्डारीले चेतावनी दिइन् । बारको आन्दोलनमा प्राध्यापक संघबाहेक अरू कसैले पनि ऐक्यबद्धता नजनाएको भन्दै उनले गुनासो गरिन् ।