मोदीले अँगालो हाल्न खोज्दा राष्ट्रसंघका महासचिवले असहज माने

मोदीले अँगालो हाल्न खोज्दा राष्ट्रसंघका महासचिवले असहज माने

एजेन्सी  |  विदेश  |  कार्तिक १६, २०७८

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसलाई अँगालो हाल्दा गुटेरेसले असज अनुभव गरेका छन् । स्कटल्यान्डको ग्लास्गोमा जलवाय परिवर्तनसम्बन्धी सम्मेलन कोप- २६ का अवसरमा प्रधानमन्त्री मोदीले गुटेरेसलाई अँगालोमा हालेका थिए ।  

कार्यक्रममा सार्वजनिक भएको तस्बीरमा मोदीले अँगालोमा हाल्न खोज्दा गुटेरेस पछाडि तर्किन खोजेका देखिन्छन् । सो तस्बीरलाई मोदीले सार्वजनिक गरेका छन् । यसअघि मोदीले लक्जमबर्गका प्रधानमन्त्री जेभियर बेटल र क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई अँगालो हालेका थिए ।