जीवनबहादुर शाहीलाई २१ सदस्यको समर्थन

जीवनबहादुर शाहीलाई २१ सदस्यको समर्थन

न्युज कारखाना  |  समाचार  |  कार्तिक १६, २०७८

कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेस गरेका छन् । गठबन्धनका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा उनले मंगलबार दिउँसो प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई दाबी पेस गरेका हुन् ।

शाहीलाई प्रदेशसभाका २१ सदस्यको समर्थन छ । मुख्यमन्त्रीमा दाबी पेसका लागि प्रदेश प्रमुख कलौनीले मंगलबार साँझ साढे ७ बजेसम्मको समय तोकेका थिए ।

प्रदेश प्रमुख कार्यालय स्रोतका अनुसार आजै राति मुख्यमन्त्री नियुक्त भई शपथ गराइनेछ । मुख्यमन्त्रीमा दाबी पेस गरेका कांग्रेस संसदीय दलका नेता शाहीलाई राति साढे ८ बजे शपथ ग्रहण गराउने गरी तयारी भइरहेको छ । आज मुख्यमन्त्रीलाई मात्र शपथ ग्रहण गराइनेछ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पूर्वसहमतिअनुसार सोमबार पदबाट राजीनामा दिएका थिए ।