इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन हमला

इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन हमला

एजेन्सी  |  विदेश  |  कार्तिक २१, २०७८

इराकका प्रधानमन्त्री मुस्ताफा अल कादिमीको निवासमा ड्रोन हमला भएको छ । प्रधानमन्त्रीलाई हत्या गर्ने उद्देश्यले ड्रोन हमला गरिएको अनुमान गरिएको छ । 

बगदादको ग्रिन जोन क्षेत्रमा भएको सो आक्रमणमा प्रधानमन्त्री सुरक्षित रहेको इराकी सेनाले जनाएको छ । आक्रमणमा प्रधानमन्त्रीका ७ जना अंगरक्षक घाइते भएका छन् ।

आक्रमणको जिम्मा कुनै समूहले लिएको छैन । ग्रिन जोनमा सामान्यतया सेनाले बाक्लो गस्ती गर्छ ।

ड्रोनमा बिस्फोटक पर्दाथ भरेर प्रधानमन्त्रीलाई निशाना बनाइएको सेनाले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ ।प्रधानमन्त्रीलाई ड्रोन आक्रमणमार्फत हत्या प्रयास भएको इराकी सरकारले जारी गरेको अर्को विज्ञप्तिमा उल्लेख छ । 

यसैबीच प्रधानमन्त्री अल कादिमीले आफू सुरक्षित रहेको बताएका छन् । उनले शान्ति कायम गर्न अपिलसमेत गरेका छन् ।