सांगीतिक महोत्सवमा भागदौड मच्चिँदा ८ जनाको मृत्यु

सांगीतिक महोत्सवमा भागदौड मच्चिँदा ८ जनाको मृत्यु

एजेन्सी  |  विदेश  |  कार्तिक २१, २०७८

अमेरिकाको टेक्ससमा एउटा सांगीतिक महोत्सवमा भागाभाग मच्चिँदा कम्तीमा ८ जना मानिसको मृत्यु भएको । ट्रयाभिस स्कटको एस्ट्रोवर्ल्ड फेस्टिभलमा भागदौड हुँदा दर्जनौँ घाइते भएका छन् । भागदौडपछि ढलेका ११ जनामध्ये ८ जनाको हृदयघातबाट मृत्यु भएको थियो । भीडले मञ्चको एउटा भागलाई थिचेपछि मानिसहरू अत्तालिएका थिए ।

भीड बढिरहेका बेला र्‍यापर ट्राभिस स्कट आफ्नो प्रस्तुति दिइरहेका थिए । ७५ मिनेट लामो प्रस्तुति अवधिमा उनी धेरै पटक रोकिएका थिए । दर्शकहरूबीच तनाव बढेपछि बीचमा रोकिएका थिए । उनले भीड नियन्त्रण गर्न स्टेजबाट पटक पटक सुरक्षाकर्मीलाई आग्रह गरेका थिए । 

महोत्सवमा करिव ५० हजार जनाको सहभागिता थियो । 

मानिसहरू घाइते भएको देखिएपछि आयोजकले कार्यक्रम बन्द गरेको थियो । एस्ट्रोवर्ल्ड फेस्टिभल सन् २०१८ देखि हरेक वर्ष आयोजना हुन्छ । कोभिडका कारण गत वर्षको महोत्सव स्थगित भएको थियो ।