बर्नलीसँग चेल्सी रोकियो

बर्नलीसँग चेल्सी रोकियो

एजेन्सी  |  खेलकुद  |  कार्तिक २१, २०७८

इङ्लिस प्रिमियर लिगको ११औँ चरणको खेलमा शीर्ष स्थानको चेल्सी रेलिगेसन जोनमा रहेको बर्नलीसँग बराबरीमा रोकिएको छ । 

शनिबार राति भएको खेलमा चेल्सी बर्नलीसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको हो । 

स्ट्राम्फोर्डमा काइ हभार्ट्जले ३३औँ मिनेटमा चेल्सीलाई अग्रता दिलाए । बर्नलीका माटिज भ्यड्राले खेल सकिन ११ मिनेट बाँकी रहँदा गोल गर्दै टोलीको हार संकट टारे । 

बराबरीको नतिजापछि चेल्सी ११ खेलबाट २६ अंकसहित शीर्ष स्थानमा छ । बर्नली ११ खेलबाट ८ अंकसहित १८ स्थानमा छ । 

दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग २३ अंक छ ।  म्यानचेस्टर डर्बीमा सिटीले युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेकाे छ । 

नर्विच सिटीले ब्रेन्टफोर्डलाई २-१ गोल अन्तर, क्रिस्टल प्यालेसले उल्भ्सलाई २-० गोल अन्तरले पराजित गर्दा न्युक्यासल युनाइटेड र ब्राइटनले १-१ को बराबरी खेले ।