विकासोन्मुख देशलाई २९ करोड युरो सहयोग गर्ने बेलायतको घोषणा

विकासोन्मुख देशलाई २९ करोड युरो सहयोग गर्ने बेलायतको घोषणा

न्युज कारखाना  |  विदेश  |  कार्तिक २२, २०७८

जलवायु परिवर्तनको असरविरुद्ध जुध्न बेलायत सरकारले विकासोन्मुख देशहरूका लागि २९ करोड युरो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । बेलायतको ग्लास्गो शहरमा जारी जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप- २६ को अवसरमा बेलायतले यस्तो प्रतिबद्धता जनाएको हो । 

सम्मेलनमा विभिन्न देशका प्रतिनिधि सहभागी छन् । गरिब देशहरूले जलवायु परिवर्तनविरुद्ध जुध्न १०० अर्ब डलर वित्तीय सहयोगका लागि आह्वान गरेका छन् ।

जलवायु परिवर्तनको मुख्य कारक मानिने कार्बन उत्सर्जनमा विकासोन्मुख देशहरूको हात नगण्य छ । 

बेलायत सरकारले प्रदान गर्ने सहयोग रकममध्ये धेरै रकम एसिया र प्रशान्त महासागरका देशलाई छुट्टाइएको छ । विकासोन्मुख देशले सो रकम जलवायु परिवर्तनसम्बन्धी योजना र लगानी, संरक्षण र न्यून कार्बनयुक्त विकासका गतिविधिको प्रबर्द्धनमा लगानी हुनेछ ।

एक सातादेखि जारी सम्मेलन आइतबार सम्पन्न हुनेछ । सम्मेलनमा सन् २०२५ सम्म विश्व तापमानलाई १.५ डिग्री सेल्सियसमा कसरी झार्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ ।