मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत, यस्तो छ समीकरण

मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत, यस्तो छ समीकरण
फाइल फोटो

न्युज कारखाना  |  समाचार  |  कार्तिक २२, २०७८

बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेशसभामा विश्वासको मत मागेका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा उनले आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् । 

एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले अल्पमतमा परेर राजीनामा दिएपछि गठबन्धनको समर्थनमा पाण्डे ११ कात्तिकमा मुख्यमन्त्री बनेका हुन् । 

एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले सोमबार विश्वासको मत मागेका हुन् । उनको प्रस्तावमाथि अहिले दलीय धारणा राख्ने कार्य भइरहेको छ । 

बाग्मतीमा हाल १०९ प्रदेशसभा सदस्य रहेकामा विश्वासको मतका लागि बहुमत ५५ जना सदस्यको समर्थन चाहिन्छ । प्रदेशसभामा एमालेका ४३, माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३, विवेकशील साझा पार्टीका ३, नेमकिपा र राप्रपाकन २/२, जनता समाजवादी पार्टी नेपालका एक जना सांसद छन् । 

तर, गठबन्धनमा माओवादी केन्द्र, कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी आवद्ध रहेकाले उनले विश्वासको मत पाउने संभावना बलियो रहेको नेताहरू बताउँछन् ।