इतिहासमा आज: यहुदीमाथि नाजीको जातीय नरसंहार, बर्लिनको पर्खाल ढलेको २०औँ वार्षिकी

इतिहासमा आज: यहुदीमाथि नाजीको जातीय नरसंहार, बर्लिनको पर्खाल ढलेको २०औँ वार्षिकी

एजेन्सी  |  विदेश  |  कार्तिक २३, २०७८

आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाः 

बर्लिनको पर्खाल ढलेको २०औँ वार्षिकी 
बर्लिनको पर्खाल ढलेको २०औँ वार्षिकीको अवसरमा ९ अक्टोबर २००९ अर्थात् आजको दिन जर्मन चान्सलर एंगेला मर्केल, सोभियत युनियनका अन्तिम अध्यक्ष मिखाइल गोर्भाचेभ , पोल्यान्डका पूर्वराष्ट्रपति तथा नोबेल शान्ति पुरस्कार बिजेता लेच वालेसा बर्लिनको ब्रान्डेनवर्ग गेटमा  सँगै हिडेर पर्खाल ढलेको २०औँ वार्षिकी मनाएका थिए । 

सानो उमेरमा विश्व चेस च्याम्पियन
सन् १९८५ मा रसियाका गारे कास्पारोभ सानो उमेरमै विश्व चेस च्याम्पियन बन्ने पहिलो व्यक्ति बनेका थिए । १३औँ विश्व चेस च्याम्पियनमा २२ वर्षीय कास्पारोभले एनाटोली कारपोभलाई पराजित गरी सानो उमेरमा नै विश्व च्याम्पियन बन्न सफल भएका थिए । 

रोलिङ स्टोन म्यागाजिनको प्रकाशन 
९ अक्टोबर १९६७ अर्थात् आजकै दिन अमेरिकाको प्रसिद्ध सांस्कृतिक म्यागाजिन रोलिङ स्टोन प्रकाशन भएको थियो । सातामा २ पटक प्रकाशन हुने सो म्यागेजिको स्थापना अमेरिकाको सानफ्रान्सिस्कोस्थित ज्यान सिमोन वेनरले गरेका थिए । उक्त म्यागाजिनले विश्वका प्रसिद्ध लेखकहरूको करिअर बारेमा रोचक जानाकारी दिएको थियो । 

यहुदीमाथि नाजीको जातीय नरसंहार 
सन् १९३८ मा जर्मनमा नाजी पार्टीमा आबद्ध लडाकु समूहले जर्मनी र अस्ट्रियाका यहुदीमाथि जातीय नरसंहार गरेका थिए । नाजीले यहुदी व्यापारी, धर्मगुरु र अन्य सर्वसाधारणको खोजीखोजी हत्या गरेका थिए । उनीहरू यहुदीको धार्मिक स्थलमासमेत प्रवेश गरेका थिए । नाजीको शृंखलाबद्ध हमलामा ७० यहुदीको हत्या हुनुका साथै ३० हजारलाई पक्राउ गरिएको थियो । उनीहरूलाई पक्राउ गरी कारागारामा राखिएको कार्यलाई नाइट अफ ब्रोकन ग्लास भनिन्छ ।