प्रधानन्यायाधीशले तोके इजलास, न्यायाधीश भन्छन्: इजलास जाँदैनौँ

प्रधानन्यायाधीशले तोके इजलास, न्यायाधीश भन्छन्: इजलास जाँदैनौँ

न्युज कारखाना  |  समाचार  |  कार्तिक २३, २०७८

बन्दी प्रत्यक्षीकरणका रिट सुनुवाइका लागि मात्र इजलास तोक्दै आएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबारदेखि सबै मुद्दाको सुनुवाइका लागि इजलास गठन गरेका छन् । 

असन्तुष्ट न्यायायधीशसँगको परामर्शमा बन्दीका रिटमा मात्र सुनुवाइका लागि इजलास गठन गर्दै आएका जबराले मंगलबारदेखि पूर्वसहमतिविपरीत सबै मुद्दाका लागि इजलास गठन गरेका छन् । 

सबै मुद्दामा इजलास गठन गरेको भन्दै जबराको राजीनामा माग्दै आएका न्यायाधीशहरूले भने मुद्दा सुनुवाइमा सहभागी नहुने बताएका छन् । 

आफ्नो इजलासमा ७ वटा विवाद सुनुवाइका लागि तय गरेका जबराले १० वटा इजलास गठन गर्दै २९८ वटा मुद्दा सुनुवाइका लागि पेसी तोकेका छन् । 

नेपाल बार एसोसिएसनले जबराबारे गम्भीर कदम चाल्न आग्रह गरेको भोलिपल्टै उनले मुद्दा सुनुवाइलाई लयमा फर्काउन खोजेको सन्देश दिएका छन् । 
तर, जबराको यो कदमविरुद्ध नेपाल बार र सर्वोच्चका न्यायाधीशहरूले भने आन्दोलन जारी राख्ने बताएका छन् ।