फाइनल प्रवेशका लागि इंग्ल्याण्ड र न्युजिल्यान्ड भिड्दै

फाइनल प्रवेशका लागि इंग्ल्याण्ड र न्युजिल्यान्ड भिड्दै

एजेन्सी  |  खेलकुद  |  कार्तिक २४, २०७८

आईसीसी टी- २० विश्वकप २०२१ को पहिलो सेमिफाइनल खेलमा आज (बुधबार)  इंग्ल्यान्ड र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ । आबुधाबीमा हुने खेल  नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।
ईओन मोर्गनको कप्तानीमा रहेको इंग्ल्यान्ड तेस्रो पटक टी- २० विश्वकपको फाइनलमा पुग्ने सोचमा छ । केन विलियम्यसनको कप्तानीमा रहेको न्युजिल्यान्ड पहिलो पटक फाइनलमा पुग्ने योजनामा छ ।

इंग्ल्यान्ड  सुपर- १२ को समूह- १ बाट ५ खेलमा ४ जीत र एक हारसहित ८ अंक जोड्दै शीर्ष स्थानमा रहेर सेमिफाइनल पुगेको हाे ।

समूह- २ बाट न्युजिल्यान्ड ५ खेलमा ४ जीत र एक हारसहित दोस्रो स्थानमा रहेर सेमिफाइनल स्थान बनाएको हाे । 

इंग्ल्यान्डका ओपनर जेसन रोय चोटका कारण विश्वकपबाहिर छन् । अर्को सेमिफाइनलमा पाकिस्तान र अस्ट्रेलिया भोलि बिहीबार प्रतिस्पर्धा गर्नेछन् ।