मस्कले बेचे टेस्लाको एक अर्ब डलरको शेयर

मस्कले बेचे  टेस्लाको एक अर्ब डलरको शेयर

एजेन्सी  |  कारोबार  |  कार्तिक २५, २०७८

विद्युतीय कार निर्माता कम्पनी टेस्लाका कार्यकारी प्रमुख एलन मस्कले आफ्नो कम्पनीको एक अर्ब एक करोड डलर मूल्य बराबरको शेयर बिक्री गरेका छन् । ट्विटरमा गरिएको एउटा मत सर्वेक्षणमा मस्कका फलोअर्सले १० प्रतिशत शेयर बिक्री गरेर मस्कलाई कर तिर्न अनुरोध गरेका थिए ।

सर्वेक्षणका बहुसंख्यक मतदाताहरूले शेयर बिक्री गर्न अनुरोध गरेपछि टेस्लाको शेयर मूल्यमा गिरावट आइरहेका बेला उनले शेयर बिक्री गरेका हुन् । मस्कले अहिलेसम्म कम्पनीको ९ लाख ३० हजार शेयर बिक्री गरेका छन् ।

मंगलबार ४.९ प्रतिशले गिरावट आएको टेस्लाको शेयर मूल्य बुधबार करिव १० प्रतिशतमा झरेको थियो । यो ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सको इतिहासमा २ दिनमा भएको सबैभन्दा ठूलो गिरावट थियो । शेयर मूल्यमा आएको गिरावटसँगै टेस्ला इन्कलाई एक सातामा ५० अर्ब डलर नोक्सान भएको छ ।

टेस्लाले पछिल्लो १४ महिनाको अवधिमा यति ठूलो परिणाममा नोक्सान भएको हो ।