सर्वाेच्च अदालतमा प्रहरी र कानुन व्यवसायीबीच घम्साघम्सी

सर्वाेच्च अदालतमा प्रहरी र कानुन व्यवसायीबीच घम्साघम्सी

न्युज कारखाना  |  समाचार  |  कार्तिक २५, २०७८

सर्वाेच्च अदालत परिसरमा कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको छ । 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागेर सर्वाेच्च अदालतकै १९ जना न्यायाधीशहरूले अघोषित रूपमा इजलास बहिष्कार गर्दै आएका छन् भने नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिएको छ । 

सोही क्रममा बिहीबार धर्नामा रहेका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको हो । आन्दोनरत कानुन व्यवसायी सर्वाेच्च अदालततर्फ अघि बढेपछि रोक्न खोज्दा प्रहरी र अधिवक्ताबीच घम्साघम्सी परेको हो । 

कार्यपालिकासँग भागबण्डा खोजेको लगायतको आरोप लगाउँदै सर्वाेच्च अदालतकै १९ जना न्यायाधीश र बार आन्दोलनमा उत्रिएका हुन् ।