प्रधानन्यायाधीशले घरबाटै गठन गरे इजलास, ८ इजलासलाई २२३ मुद्दा

प्रधानन्यायाधीशले घरबाटै गठन गरे इजलास, ८ इजलासलाई २२३ मुद्दा

न्युज कारखाना  |  समाचार  |  कार्तिक २६, २०७८

नेपाल बार एसोसिएसनको निषेध आन्दोलनका बीच प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मुद्दा सुनुवाइका लागि इजलास गठन गरेका छन् ।

राजीनामा माग्दै सर्वोच्च अदालत प्रवेशमा रोक लागउने नेपाल बारको घोषणापछि जबराले बालुवाटारस्थित सरकारी निवासबाटै मुद्दा सुनुवाइका लागि इजलास गठन गरेका हुन् । 

नेपाल बारको नेतृत्वमा प्रधानन्यायाधीशलाई अदालत प्रवेश गर्न नदिन कानुन व्यवसायीहरू यति बेला सर्वोच्च अदालतको मूल गेटमा धर्नामा छन् ।

तर, जबराले भने बालुवाटास्थित प्रधानन्यायाधीश निवासबाटै ८ वटा इजलास गठन गरेर २२३ वटा मुद्दा सुनुवाइका लागि पेसी तोकेका छन् । उनले आफूबाहेकका ८ वटा संयुक्त इजलास गठन गरेका छन् ।

त्यसमा दीपककुमार कार्की र कुमार चुँडाल, मीरा खड्का र प्रकाशमानसिंह राउत, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र सुस्मालता माथेमा, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा, प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदी तथा तेजबहादुर केसी र कुमार रेग्मीका संयुक्त इजलास छन् ।