प्रधानन्यायाधीश पक्षधर ६ जना पक्राउ

प्रधानन्यायाधीश पक्षधर ६ जना पक्राउ

न्युज कारखाना  |  समाचार  |  कार्तिक २६, २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको पक्ष र विपक्षमा प्रदर्शन भइरहेका छन् । कार्यपालिकासँग राजनीतिमा भागबण्डा खोजेको लगायतका आरोप लगाएर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आन्दोलन जारी राखेको छ । 

शुक्रबार प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेशमा रोक लगाउने गरी बार धर्नामा बसेको छ । सोही समयमा कानुनी शासनविरुद्ध हुने गरी बार आन्दोलनमा उत्रिएको भन्दै जबराको पक्षमा पनि केही कानुन व्यवसायी र केही व्यक्ति प्रदर्शनमा उत्रिएका छन् । 

शुक्रबार जबराको पक्षमा प्रदर्शनमा उत्रिएका ६ जनालाई सर्वाेच्च अदालत अगाडिबाट प्रहरीले नियन्त्रणमा लिएको छ । तारा बराल समूहका ६ जनालाई नियन्त्रणमा लिएर महेन्द्र पुलिस क्लबमा राखिएको एसपी रमेशकुमार बस्नेतले जानकारी दिए । 

उनका अनुसार पक्राउ पर्नेमा ५ जना महिला र एक पुरुष छन् ।