फिफा विश्वकपमा छनोट भयाे ब्राजिल

फिफा विश्वकपमा छनोट भयाे ब्राजिल

एजेन्सी  |  खेलकुद  |  कार्तिक २६, २०७८

ब्राजिलले कतार फिफा विश्वकपमा स्थान पक्का गरेको छ । शुक्रबार बिहान भएको खेलमा कोलम्बियालाई १-० गोल अन्तरले पराजित गर्दै ब्राजिल दक्षिण अमेरिकी छनोटमा शीर्ष स्थानमा ९ अंकको अग्रता बनाउँदै विश्वकपमा छनोट भएको हो । 

१२ खेलमा ११ जीत र एक बराबर खेलेको ब्राजिल ३४ अंक बनाएर ६ खेल बाँकी रहँदै विश्वकपमा स्थान पक्का गरेको हो ।

घरेलु मैदानमा ब्राजिललाई जिताउन लुकास पाक्वेटाले खेलको ७२ मिनेटमा निर्णायक गोल गरे । अर्को खेलमा इक्वेडरले भेनेजुएलालाई तथा चिलीले पाराग्वेलाई १-० ले पराजित गरेका छन् । 

जीतसँगै अपराजित ब्राजिलको शीर्ष स्थानमा छ । ११ खेलमा २५ अंक बनाएको अर्जेन्टिना दोस्रो स्थानमा छ ।

इक्वेडर २० अंकसहित तेस्रो स्थानमा रहँदा समान १६ अंक बनाएका चिली, कोलम्बिया र उरुग्वे गोल अन्तरका आधारमा चौथो, पाँचौँ र छैटौँ स्थानमा छन् ।