पहिलो पटक विश्वकप जित्ने दाउमा अस्ट्रेलिया र न्युजिल्याण्ड

पहिलो पटक विश्वकप जित्ने दाउमा अस्ट्रेलिया र न्युजिल्याण्ड

एजेन्सी  |  खेलकुद  |  कार्तिक २८, २०७८

पहिलो पटक आईसीसी टी- २० विश्वकपको उपाधि जित्ने दाउमा रहेका अस्ट्रेलिया र न्युजिल्याण्ड आज आइतबार फाइनल भिड्दै छन् । दुबई क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ । पहिलो पटक उपाधि जित्ने योजनामा रहेका दुवै टोली एक अर्काविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुने देखिन्छ । 

फाइनलअघि टसले समेत खेलको नतिजामा ठूलो असर गर्ने देखिन्छ । जारी विश्वकपको फाइनलसम्म आइपुग्दा पहिला टस जित्ने टोलीले अधिकांश खेल जित्दै आएको छ । 

यसअघि सेमिफाइनल खेलमा न्युजिल्याण्डले इंग्ल्याण्डलाई ५ विकेटले हराउँदै पहिलो पटक फाइनलमा स्थान बनाएको थियो । दोस्रो पटक अस्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले हराउँदै दोस्रो पटक फाइनलमा स्थान सुरक्षित गरेको हो । 

एक दिवसीय क्रिकेटमा भने दुवै टोलीले उपाधि हात पार्दा टी- २० मा भने दुवै टोली उपाधिविहीन छन् । 

अस्ट्रेलियाविरुद्ध न्युजिल्याण्डका कप्तान केन विलियम्सन, ट्रेन्ट बोल्ड, मार्टिन गुप्टिल, मिचल सान्टनर, टिम साउथी जस्ता खेलाडीले प्रभाव जनाउन सक्छन् । 

न्युजिल्याण्डविरुद्ध अस्ट्रेलियाका कप्तान आरोन फिन्च, मिचेल मार्स, ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, एडम जाम्पा, मार्कस स्टोइनिस जस्ता खेलाडीले महत्त्वपूर्ण प्रदर्शन गर्न सक्छन् ।