धर्नामा बसेका कानुन व्यवसायीको खोसियो माइक

धर्नामा बसेका कानुन व्यवसायीको खोसियो माइक

न्युज कारखाना  |  समाचार  |  कार्तिक ३०, २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले मंगलबार पनि सर्वाेच्च अदालतको गेटमा धर्ना दिएको छ । 
धर्नामा सम्बोधन गर्न लागेका कानुन व्यवसायीको माइक प्रहरीले खोसेको हो । 

२ साताभन्दा बढी समयदेखि बार निरन्तर आन्दोलनमा छ । तर, आइतबारदेखि प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेशमा रोक्ने उद्देश्यले गेटमै बारले धर्ना दिँदै आएको छ । 

बारको धर्नालाई छलेर आइतबार र सोमबार प्रधानन्यायाधीश जबरा कार्यालय प्रवेश गरेका थिए । 

कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेको लगायतका आरोप लगाएर बार र सहकर्मी न्यायाधीश आन्दोलनमा उत्रिएका हुन् । सोमबार प्रधानन्यायाधीश जबराले संवाद र वार्तामार्फत समाधान खोज्न गरेको आह्वानलाई बारले अस्वीकार गरेको छ ।