नेयमारले अर्जेन्टिनाविरुद्धको खेल गुमाउने

नेयमारले अर्जेन्टिनाविरुद्धको खेल गुमाउने

एजेन्सी  |  खेलकुद  |  कार्तिक ३०, २०७८

ब्राजिलियन स्ट्राइकर नेयमार जुनियरले विश्वकप छनोटअन्तर्गत अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका छन् । बुधबार तय खेलमा नेयमारले तिघ्रामा चोट लागेपछि अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका हुन् । 

सोमबार बिहान प्रशिक्षणका दौरान नेयमारकाे देब्रे तिघ्रामा चाेट लागेकाे हाे ।  

विश्वकपको दक्षिण अमेरिकी छनोट प्रतियोगितामा शीर्ष स्थानमा रहेको ब्राजिलले यसअघि नै अर्को वर्ष कतारमा हुने विश्वकपमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।

यता, अर्जेन्टिनाले भने बुधबार हुने खेलमा ब्राजिलविरुद्ध जीत निकाले विश्वकपको यात्रा पक्का गर्नेछ ।