इजलास फर्किए ६ जना न्यायाधीश

इजलास फर्किए ६ जना न्यायाधीश

न्युज कारखाना  |  समाचार  |  कार्तिक ३०, २०७८

प्रधानन्यायाधीशको राजीनामा माग्दै अघोषित इजलास बहिष्कार गरिरहेका १८ जनममध्ये ४ जना न्यायाधीश इजलास फर्किएका छन् । न्यायाधीशहरू तेजबहादुर केसी, कुमार रेग्मी, प्रकाश ढुंगाना, कुमार चुँडाल, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा इजलास फर्किएका हुन् । 

श्रेष्ठ र शर्माको इजलासले ४ वटा मुद्दाको सुनुवाइ गरेर आदेश दिएको छ । तेजबहादुर केसी र कुमार चुँडालको संयुक्त इजलासले पनि मुद्दा सुनुवाइ गरेको छ । 

प्रकाश ढुंगाना र कुमार चुँडालको इजलासले भने एउटा बन्दी प्रत्यक्षीकरणको मुद्दामा आदेश जारी गरेको छ । 

नेपाल बार एसोसिएसनले असन्तुष्ट न्यायाधीशसँग छलफल गरिरहेका बेला ६ जना न्यायाधीश इजलास फर्किएका हुन् ।